हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापा हल्दिबारी–३ मा जंगली हात्तीको उत्पात, किराना पसलमा भारी क्षति

झापा। झापा जिल्ला, हल्दिबारी गाउँपालिका वडा नं. ३ स्थित गणेश चोकमा अन्दाजी राति १:०० बजेको समयमा एक जंगली हात्तीले स्थानीय गणेश भट्टराईको घरअगाडि राखिएको किराना पसलको घुम्तीमा आक्रमण गरी ठूलो क्षति पुर्‍याएको छ।

Advertisement

प्रत्यक्षदर्शीका अनुसार जंगलबाट आएको सो जंगली हात्तीले घुम्ती  फुटाई भित्र रहेका बिभिन्न किराना सामानहरु खाई र छरपस्ट पारेको थियो। प्रारम्भिक अनुमान अनुसार अन्दाजी रु. ६०,००० (साठ्ठी हजार) बराबरको सामग्री नष्ट भएको बताइएको छ।

Advertisement

स्थानीय बासिन्दाका अनुसार घटनापछि हात्ती पुनः जंगलतर्फ फर्किएको छ। मानवीय क्षति भने नभएको जानकारी दिएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)