हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

कचनकवल गाउँपालिकामा दुई ठूला विकास योजना स्वीकृत

कचनकवल ,१७ जेठ – झापाको कचनकवल गाउँपालिकाले संघीय सरकारबाट विशेष र समपूरक अनुदान मार्फत दुई महत्वपूर्ण विकास योजना स्वीकृत गराएको छ। संघीय सरकारको बित्तीय हस्तान्तरणपछि अब ती योजना छिट्टै कार्यान्वयनमा आउने भएका छन्।

Advertisement

गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईका अनुसार, बनियानी बजार स्तरोन्नति योजना अनुसार पाँच करोड स्वीकृत बजेट अनुसार हाल विशेष अनुदान मार्फत ६९ लाख विनियोजित भएको छ।

Advertisement

त्यस्तै सडक कालोपत्रे योजना अनुसार ३ करोड स्वीकृत बजेट अन्तर्गत टावरगाउँ कल्याणगञ्ज –पश्चिम भेलामुनी–कुटि जोड्ने सडक कालोपत्रे  सडक निर्माणको लागि ८१ लाख रुपैयाँ  समपूरक कोष मार्फत भएको हो ।

यी योजना स्वीकृत गराउन गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी र उपाध्यक्ष नवराज भट्टराईले संघीय सरकारसमक्ष पटकपटक पहल गर्दै आएका थिए।

उपाध्यक्ष भट्टराईले भने, “बिकास निरन्तर अगाडि बढ्दै छ, हामी सबैलाई बधाई छ।” उनले थपे, “यी दुई योजनासँगै अरू पनि विभिन्न विकास परियोजना केन्द्र र प्रदेश सरकारको समन्वयमा कचनकवलमा लागू हुने तयारीमा छन्।”

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)