समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

बाढीले निर्माणाधीन एसियन हाईवेको डाइभर्सन बगायो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

झापा, मेचीनगर , जेठ १७ । झापा जिल्लाको मेचीनगर नगरपालिका–६ स्थित  कालिखोला क्षेत्रमा पूर्वपश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। हाल एसियन हाईवे अन्तर्गत निर्माणाधीन अवस्थामा रहेको उक्त सडकखण्डमा बिहान परेको अविरल वर्षाका कारण कालिखोलाको डाइभर्सन बगाएपछि यातायात ठप्प भएको हो।

Advertisement

डाइभर्सन बगाएसँगै राजमार्ग प्रयोगमा कठिनाइ भएपछि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सडक निर्माणमा संलग्न कन्ट्रक्सन कम्पनीका प्रतिनिधिहरूसँग समन्वय गरिरहेको जानकारी दिएको छ।

Advertisement

यातायात अवरुद्ध भएपछि सवारीसाधनहरूलाई सोही स्थानको पश्चिमपट्टि कालिखोला हुँदै शान्तिगाउँ, वडा कार्यालय मार्ग हुँदै काँकरभिट्टा बसपार्कसम्मको वैकल्पिक मार्ग प्रयोग गर्न भनिएको छ।

सुरक्षा निकाय र निर्माण कम्पनीको प्रयासमा यथाशीघ्र सडक पुनः सञ्चालनमा ल्याउने पहल भइरहेको बताइएको छ। यात्रुहरूलाई सावधानीपूर्वक यात्रा गर्न र सूचना अनुसार मार्ग परिवर्तन गर्न प्रशासनले आग्रह गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article