हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापा गाउँपालिकामा १० महिनामा २१० जनाको मृत्यु दर्ता

झापा, जेठ १७ — झापा जिल्लाको झापा गाउँपालिकामा चालु आर्थिक वर्षको १० महिनामा २१० जनाको मृत्युदर्ता प्रमाणपत्र जारी गरिएको छ। गाउँपालिकाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मृतकमध्ये ११६ पुरुष र ९४ महिला रहेका छन्।

Advertisement

यस अवधिमा पुरुषको मृत्यु दर महिलाको तुलनामा बढी देखिएको छ। यता, सोही अवधिमा ८९१ जनाको जन्मदर्ता गरिएको छ। ती मध्ये ४४० पुरुष र ७५१ महिला रहेका छन्, जसअनुसार महिलाको जन्मदरमा उल्लेख्य वृद्धि देखिएको छ।

Advertisement

सामाजिक सम्बन्धको पक्षमा हेर्दा, पछिल्लो १० महिनामा झापा गाउँपालिकाका विभिन्न वडाबाट ३० जनाले सम्बन्धविच्छेदको प्रमाणपत्र लिएका छन्। सम्बन्ध विच्छेदको सङ्ख्या स्थानीय सामाजिक संरचनामा आएको परिवर्तनको संकेतको रूपमा लिइएको छ।

बसाईसराइको दर पनि बढ्दो छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाका अनुसार ८५ परिवारका २६१ जना झापा गाउँपालिकाबाट अन्यत्र सरेका छन् भने ६२ परिवारका २३४ जना झापा गाउँपालिकामा स्थानान्तरण भएका छन्।

यी तथ्याङ्कहरूले झापा गाउँपालिकाको सामाजिक, पारिवारिक र जनसांख्यिक स्वरूपमा भइरहेको परिवर्तनको संकेत गर्छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)