हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको मेचिनगर स्थित सिद्धिखोला सिँचाइ नहरमा डुबेर इलामका भगिरथ तामाङको मृत्यु

झापा, २०८२ जेष्ठ १७ । झापाको मेचिनगर नगरपालिका वडा नं. १ सुनारे टोलस्थित सिँचाइ नहरमा एक पुरुषको मृत अवस्थामा फेला परेका छन्।

Advertisement

जिल्ला इलामको रोङ गाउँपालिका वडा नं. ६ निवासी ५६ वर्षीय भगिरथ तामाङ आज सिद्धिखोला हुँदै मेचिनगर–२ भृकुटिसम्म सिँचाइका लागि बनाइएको नहरको ढोकामा घोप्टो परेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

Advertisement

घटना सम्बन्धी जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय काकडभिट्टा र प्रहरी चौकी तिरिङ्खोलाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। टोलीले कानुनी प्रक्रिया पुरा गरी शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)