समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको काँकडभिट्टाबाट एक युवा १०० थान खोटा नोट सहित पक्राउ

झापा, २०८२ जेठ १९ गते । झापा जिल्लाको मेचिनगर नगरपालिका–६ काँकडभिट्टास्थित नेपाल बैंक अगाडि मिति २०८२।०२।१८ गते राति करिब ९:०० बजे शंकास्पद गतिविधिमा संलग्न अवस्थामा भेटिएका एक युवकलाई प्रहरीले खोटा नोटसहित पक्राउ गरेको छ।

Advertisement

तेह्रथुम जिल्ला, ओयाक्जुङ गाउँपालिका–५ (नेलई) निवासी २८ वर्षीय गणेश भारतीलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा, उनको साथबाट नेपाली एक हजार दरका नोटजस्तै देखिने रंगिन प्रिन्ट गरिएका खोटा नोटहरू फेला परेको हो।

Advertisement

पक्राउ परेका भारतीको साथबाट फेला परेका खोटा नोटहरूमा निम्न विवरण रहेको छ:

  • नोट नम्बर ञ.३१, ८६६५७९ उल्लेख भएको ४२ थान,
  • नोट नम्बर ज.१२, ०८३५७९ उल्लेख भएको ५६ थान,
  • नोट नम्बर झ.७६, २३८८२६ उल्लेख भएको २ थान।

जम्मा १०० थान खोटा नोट र एक थान सेमसुङ मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिलाई मुलुकी फौजदारी संहिता २०७४ अन्तर्गत खोटा चलन सम्बन्धी कसुरमा अनुसन्धान गर्नका लागि जिल्ला अदालतबाट आजदेखि ५ दिनको म्याद लिइएको जानकारी प्रहरीले दिएको छ। यस विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article