समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

रतुवामाई वृक्षारोपण आयोजनाको जंगलमा करेन्ट लागी जंगली हात्तीको मृत्यु

झापा । झापा जिल्ला, कमल गाउँपालिका वडा नं. ३ मा रहेको रतुवामाई वृक्षारोपण आयोजनाको जंगलमा मिति २०८२ साल जेष्ठ १९ गते रातिको समयमा एक जंगली हात्तीको करेन्ट लागेर मृत्यु भएको छ।

Advertisement

स्थानीय प्रत्यक्षदर्शीका अनुसार, हात्तीले जंगलभित्र रहेको बिजुलीको फलामको पोलमा धक्का दिंदा माथिल्लो तारहरू सर्ट भएर करेन्ट सर्छ। करेन्ट लाग्दा हात्तीको सुड र एउटा दाँत जलेको अवस्थामा मृत भेटिएको हो।

Advertisement

घटनास्थल सुरक्षित राखिएको छ र कानुनी प्रक्रिया अगाडि बढाउन सव-डिभिजन वन कार्यालय चुलाचुलीबाट प्राविधिक टोली घटनास्थलमा खटिइसकेको जानकारी प्राप्त भएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article