हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दीबारी गाउँपालिकामा सीप विकास तथा उद्यमशीलता विकास तालिम सम्पन्न

झापा, हल्दीबारी । नेपाल सन्थाल आदिवासी महिला उत्थान समिति झापाको आयोजना तथा घरेलु तथा साना उद्योग कार्यालय भद्रपुर, झापाको आर्थिक सहयोगमा आयोजित सीप विकास तथा उद्यमशीलता विकास तालिम हल्दीबारी गाउँपालिका वडा नम्बर ४ स्थित सिद्धिदात्री दुर्गा मन्दिरको सभा हलमा सफलतापूर्वक सम्पन्न भएको छ।

Advertisement

कार्यक्रममा हल्दीबारी वडा नम्बर ४ का वडाध्यक्ष सन्त कुमार थापा प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो भने घरेलु तथा साना उद्योग कार्यालय झापाकी प्रमुख पुष्पलता उप्रेतीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै तालिमको समापन गरिएको थियो।

Advertisement

सन्थाल समुदायका महिला दिदीबहिनीहरूलाई लक्षित गरी वैशाख २९ गतेदेखि जेठ १४ गतेसम्म सीप विकास तालिम तथा जेठ १४ गतेदेखि जेठ २० गतेसम्म उद्यमशीलता विकास तालिम सञ्चालन गरिएको थियो। उक्त तालिममा हल्दीबारी गाउँपालिकाका विभिन्न स्थानहरूबाट आएका १५ जना सन्थाल समुदायका महिलाहरूले सहभागिता जनाएका थिए।

घरेलु तथा साना उद्योग कार्यालय झापाका अनुसार तालिमको सहजीकरण अनिता तामाङ र फुलमनी मुर्मुले गरेका थिए। समापन कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष थापा, अध्यक्ष उप्रेती, नेपाल सन्थाल आदिवासी सङ्घ जिल्ला समिति झापाका अध्यक्ष लखन हेमरम र नेपाल सन्थाल आदिवासी महिला उत्थान समिति की केन्द्रीय अध्यक्ष मन्दिरा किस्कु लगायतले तालिमको औचित्य र यसको दीर्घकालीन लाभबारे आफ्ना विचार व्यक्त गर्नुभयो।

तालिममा सहभागी दीपिका किस्कु र शान्ति मुर्मुले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाउँदै तालिम फलदायी भएको बताएकी छन्। कार्यक्रमको समापन सेसनको सहजीकरण प्रशिक्षक फुलमनी मुर्मुले गर्नुभएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)