समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख एसएसपी राजुनाथ पाण्डे निलम्बित

काठमाडौं, जेठ २० । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक (एसएसपी) राजुनाथ पाण्डे निलम्बित भएका छन्।

Advertisement

उनीमाथि छानबिन गर्न ६ महिनाका लागि निलम्बन गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले जानकारी दिए। यसअघि, मेयर बालेन्द्र शाह (बालेन) को मौखिक निर्देशनमा गुरागाईंलाई कार्यालय प्रवेशमा रोक्न खोजेको विषयमा पाण्डेलाई सातबुँदे स्पष्टीकरण सोधिएको थियो।

Advertisement

महानगर प्रहरी ऐन, २०८० अनुसार, नगर प्रहरी महानगरको प्रमुख प्रशासकीय अधिकृतको मातहतमा रहने व्यवस्था छ। तर पाण्डेमाथि प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने गाडीमा ‘ह्विल लक’ गरिएको, कार्यालय प्रवेशमा अवरोध गरिएको, जनप्रतिनिधिलाई अमर्यादित व्यवहार गरिएको, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइएको, र हाजिर पुस्तिका कब्जामा लिइएको जस्ता गम्भीर आरोपहरू लगाइएको छ। यस सम्बन्धमा पाण्डेले जेठ १२ गते स्पष्टीकरण बुझाएका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article