विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

बालुवाटार जग्गा प्रकरणमा मुछिएका भाटभटेनीका मालिक गुरुङलाई सरकारले गर्‍यो विभूषित

काठमाडौं ।बालुवाटारको सरकारी जग्गा प्रकरणमा मुछिएका भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक मिनबहादुर गुरुङलाई सरकारले विभूषित गरेको छ । बालुवाटारका सरकारी जग्गा कीर्ते गरी बेचबिखन गरेको आरोपमा उनीविरुद्ध परेको मुद्दा विशेष अदालतमा विचाराधिन छ ।

Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध अदालतले मुद्दा दायर गरेको छ । आयोगले विशेष अदालतमा दायर गरेको आरोपपत्रअनुसार बालुवाटारको सरकारी जग्गाको गैरकानुनी किनबेचमा व्यवसायी गुरुङसँगै उनको छोरो कल्याण गुरुङ‚ छोरी तथा सहोदर भाइ र बुहारीसमेतको संलग्नता रहेको दाबी गरेको छ ।

Advertisement

अख्तियारका अनुसार गुरुङले बालुवाटारस्थित ललिता निवासभित्र रहेका जग्गा ८ जनालाई बिक्री गरेका थिए। जग्गा खरिद गरेका व्यक्तिहरु अभिताम्भ तुलाधर, नुतन श्रेष्ठ, डिम्पल वंशल, सरिता मानन्धर, नीतु गुरुङ, प्रविण ताम्राकार, भारती पाण्डे र अच्युतराज श्रेष्ठले गुरुङबाट बालुवाटारमा जग्गा किनेको बयान दिइसकेका छन् ।

यस्तै अख्तियारलाई भाटभटेनीका मालिक गुरुङले भाटभटेनी डिपार्टमेन्ट स्टोरका नाममा बालुवाटारमा ४ र ५ कित्ता जग्गाहरु विभिन्न व्यक्तिबाट खरिद गरेको बयान दिएका थिए । उनले केही कित्ता जग्गा प्रधानमन्त्री निवास विस्तारका क्रममा मन्त्रिपरिषदको निर्णयबाट सट्टा भर्नाबाट आएको बयान दिएको अख्तियारले यस अघि बताइसकेको छ ।

 

 

यसरी सरकारी जग्गा कीर्ते गरी बेचबिखन गरेको आरोपमा दायर भएको मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा सरकारले गुरुङलाई ‘सुप्रवल जनसेवा श्री’द्वारा विभूषित गरेको हो ।

सरकारले उनलाई दिएको ‘विभूषण अधिकारपत्र’मा लेखिएको छ, ‘नेपाल राष्ट्रको गौरव एंव नेपाली जनताको हित अभिवृद्धिमा तपाईंबाट भएको उल्लेखनीय योगदानको सम्मान स्वरुप ‘जनसेवा श्री’द्वारा विभूषित गरिएको छ । मानपदवीको गरिमा अक्षुण्ण राख्दै नेपाल र नेपाली जनताको गौरव एंव श्रीवृद्धिमा तपाईंलाई थप सफलता प्राप्त हुनेछ ।’

उक्त पदमा प्रधानमन्त्री केपी शर्मा ओली र विभूषण समितिका अध्यक्षसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले हस्ताक्षर गरेका छन् ।क्यानाडा नेपालबाट

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article