समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

बाह्रदर्शी–४ मेचेटोलस्थित घागराखोला छेउमा मृग जस्तो देखिने मृत जनावर फेला

झापा, २०८२ जेठ २० । झापा जिल्लाको बाह्रदर्शी गाउँपालिका वडा नं. ४, मेचेटोलस्थित घागराखोला छेउमा ऐलानी बसोबास गरेका मदन कुमार न्यौपानेको टिको बिरुवा रोपिएको जग्गामा मृगजस्तो देखिने जनावर मृत अवस्थामा फेला परेको छ।

Advertisement

स्थानियले जनावरको शव अन्दाजी २–३ दिन अघिदेखि देखिएको बताएपछि २०८२ साल जेठ २० गते दिउँसो १२:०० बजे प्रहरी चौकी फूलवारीमा खबर गरियो। सूचना पाएपछि तत्काल प्रहरी निरीक्षक श्रवण राजबंशीको टोली घटनास्थलमा पुगेर सुरक्षा व्यवस्थापन गरी क्षेत्रलाई सुरक्षित बनाइएको थियो।

Advertisement

सोही दिन साँझ १६:२५ बजे जलथल सव-डिभिजन वन कार्यालयबाट खटिएको सहायक वन अधिकृत कुल प्रसाद भट्टराई नेतृत्वको टोलीले मुचुल्का तयार पार्दै कानुनी प्रक्रिया पूरा गरेपछि सोही स्थानमै खाल्डो खनी जनावरको सदगद गरिएको जानकारी प्राप्त भएको छ। हाल उक्त जनावर कुन प्रजातिको हो भन्ने विषयमा वन कार्यालयले थप जाँच अघि बढाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article