समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

देउनिया खोलामा ६१ लाखको मलामी घर र संस्कार घाट निर्माण तीव्र गतिमा

झापा, हल्दीबारी । हल्दीबारी गाउँपालिका वडा नं २ अन्तर्गत पर्ने देउनिया खोलामा करिब ६१ लाख रुपैयाँ लागतमा मलामी घर तथा दाह संस्कार घाट निर्माण कार्य तीव्र गतिमा भइरहेको छ।

Advertisement

कुल ६१ लाख ६३ हजार ५९ रुपैयाँको लागतमा निर्माणाधीन उक्त घाटका लागि संघीय सरकारबाट विनियोजित बजेटमार्फत काम भइरहेको हो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीको पहलमा पूर्वाधार मन्त्रालयबाट एक करोड रुपैयाँ विनियोजन भएको थियो। सो बजेट अन्तर्गत टेन्डर प्रक्रियाबाट ६१ लाख रुपैयाँमा घाट निर्माणको जिम्मा दिइएको हो।

Advertisement

पारखोपी पूर्व देउनिया खोलाको उत्तरतर्फ निर्माण भइरहेको यो संरचना स्थानीयबासीका लागि आवश्यक र उपयोगी हुने विश्वास गरिएको छ। तर, निर्माण कार्य कसरी भइरहेको छ, कामको गुणस्तर कस्तो छ भन्नेबारे स्थानीय सरोकारवालाहरू अनविज्ञ देखिन्छन्।

स्थानीय सरकार र निर्माण कम्पनीले सार्वजनिक सूचना र प्रत्यक्ष अनुगमनको पहल नगर्दा जनस्तरमा चासो र शंका बढ्दो छ। यस्तो सामाजिक र धार्मिक हिसाबले महत्वपूर्ण संरचनामा पारदर्शिता र जनसहभागिता आवश्यक रहेको स्थानीय अगुवाहरू बताउँछन्।

उक्त घाट निर्माण कार्यको प्रगति, गुणस्तर तथा बजेटको सदुपयोगबारे सरोकारवाला निकायको नियमित अनुगमन हुनुपर्ने स्थानीयको माग छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article