समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

ऊर्जा विकासबिना समृद्धि असम्भव : राजेन्द्र लिङ्देन

झापा –  हल्दिवारी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष तथा झापा क्षेत्र नम्बर–३ बाट निर्वाचित संघीय सांसद राजेन्द्र लिङ्देनले नेपालको समृद्धिको मुख्य आधार ऊर्जा, पर्यटन, कृषि, विदेशमा रहेका नेपालीको सीप र पुँजी, तथा सूचना प्रविधि भएको बताउनुभएको छ।

Advertisement

उहाँले सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै भन्नुभयो,  “ऊर्जा क्षेत्रको पूर्ण विकास बिना हाम्रो समृद्धिको यात्रा असम्भव जस्तै छ। सरकारको पहिलो प्राथमिकता ऊर्जा क्षेत्रको विकास र उपयोगमा केन्द्रित हुनुपर्छ।”

Advertisement

लिङ्देनले निजी क्षेत्रलाई लगानीमैत्री वातावरण प्रदान गर्न सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याउँदै हालको बजेट वक्तव्यमा उल्लेख गरिएको रन अफ रिभर आयोजनाको ‘टेक एण्ड पे’ अवधारणाअनुसार विद्युत खरिद सम्झौता (PPA) गर्नेजस्तो प्रावधानले निजी क्षेत्रको आकर्षण घटाउने चेतावनी दिनुभएको छ।

उहाँको तर्क छ -“यदि टेक अर पे खारेज गरेर टेक एण्ड पे अवधारणालाई नै निरन्तरता दिने हो भने, निजी क्षेत्रलाई तत्काल विद्युत व्यापारको बाटो खुला गरिनुपर्दछ।”

लिङ्देनको भनाइले सरकारको ऊर्जा नीतिमा सुधार आवश्यक रहेको, र निजी क्षेत्रको सहभागिता विना दीगो ऊर्जा विकास सम्भव नहुने सन्देश दिन्छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article