समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको दमकमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

झापा, दमक । झापाको दमक नगरपालिका–७, पशुहाटडाँडा स्थित पूर्व–पश्चिम लोकमार्गमा जेठ २१ गते साँझ करिब ७:२० बजे यात्रुबाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ।

Advertisement

Advertisement

दमकबाट केर्खातर्फ गइरहेको मे १ ख ३०२७ नम्बरको यात्रुबाहक बस र केर्खाबाट दमकतर्फ आउँदै गरेको प्र.१-०२-०५२ प. २२११ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए। गम्भीर अवस्थामा रहेका झापा, दमक नगरपालिका–४ निवासी ३६ वर्षीय मिलन थापालाई उपचारका लागि तत्कालै बिराटनगरस्थित आर्य न्युरो अस्पताल लगिएको थियो। तर, उपचारको क्रममा राति ८:३८ बजे चिकित्सकले उनलाई मृत घोषित गरेका हुन्।

दुर्घटनापछि बस र मोटरसाइकल दुवैलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ। बस चालक गौरादह नगरपालिका–४ का ३२ वर्षीय सरकार टुडु रहेका छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article