समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दीबारी–३ को स्वर्गद्वारी मलामी आर्यघाट निर्माण बेवारिसे अवस्थामा, जवाफदेही को?

हल्दीबारी, झापा — हल्दीबारी गाउँपालिका वडा नम्बर ३  देउनिया खोलामा निर्माणाधीन स्वर्गद्वारी मलामी आर्यघाट हाल बेवारिसे अवस्थामा छाडिएको छ। स्थानीयहरूले वर्षौँको प्रतीक्षा र जनचासोपछि सुरु भएको आर्यघाट निर्माण अलपत्र परेको भन्दै गुनासो पोख्न थालेका छन्।

Advertisement

कोशी प्रदेश सरकारबाट २५ लाख रुपैयाँ विनियोजन गरि सुरु गरिएको निर्माण कार्य स्थानीय उपभोक्ता समिति मार्फत अघि बढाइएको थियो। तर, आर्यघाटलाई पूर्णता नदिइकन काम रोकिएको छ, र हाल त्यसको अवस्था जर्जर तथा प्रयोगविहीन देखिएको छ।

Advertisement

न योजना स्पष्ट, न सूचना पारदर्शी
स्थानीय उपभोक्ता समिति, जसले निर्माण कार्यको जिम्मेवारी लिएको हो, सूचना प्रवाह र पारदर्शितामा कमजोर देखिएको छ। न सार्वजनिक बैठकहरू भएका छन्, न निर्माणको प्रगति बारे सूचना टाँसिएको छ न सार्वजनिक गरिएको छ । यसले स्थानीय जनताको विश्वास घटाएको छन। धेरैले प्रश्न उठाएका छन्— “कहाँ खर्च भयो २५ लाखको बजेट?” के भएर येस्तो बन्यो आर्यघाट ?

जनप्रतिनिधि मौन?
बजेट व्यवस्थापनमा भूमिका खेलेका प्रदेश सभा सदस्य माननीय छविलाल चुडाल, गाउँपालिका जनप्रतिनिधिहरू तथा उपभोक्ता समितिका अध्यक्ष वडा नम्बर ३ का पुर्वअध्यक्ष रोशन शिवाकोटी (रोशनी), सचिव अर्जनु गिरीलगायतका सदस्यहरूलाई स्थानीयले जवाफ मागेका छन्। तर अहिलेसम्म उनीहरूको तर्फबाट कुनै स्पष्ट विवरण वा सार्वजनिक जानकारी आएको छैन।

स्थानीयको आक्रोश
स्थानीय बासिन्दा भन्छन: मलामी आर्यघाट सबै गाउँको साझा आवश्यकता हो। तर यस्तो संवेदनशील कामलाई यत्तिकै छोडिनु भनेको जनताको अपमान हो।मलामि जादै पिछे स्थानीयले सार्वजनिक रुपमा आर्यघाट अवलोकन गरे पछी सार्वजनिक रुपमा आक्रोश पोख्ने गरेको बुझिएको छ ।

अब को बन्ने आर्यघाट प्रति जिम्मेवारी?

यो विषयमा सर्व प्रथम उपभोक्ता समितिले स्थानीय सरकार, प्रदेश प्रतिनिधि तथा सबै मिलेर जवाफदेही हुन आवश्यक छ। पारदर्शिता, सूचना प्रवाह र जवाफदेही शासन प्रणालीबिना कुनै पनि सार्वजनिक निर्माण दीगो बन्न सक्दैन।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article