समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दीबारीमा बहुवर्षीय तीन योजना शिलान्यास, सांसद लिङ्देनद्वारा बौद्ध विधिबाट कार्य शुभारम्भ

हल्दीबारीमा बहुवर्षीय तीन योजना शिलान्यास, सांसद लिङ्देनद्वारा बौद्ध विधिबाट कार्य शुभारम्भ
हल्दीबारी, झापा । झापाको हल्दीबारी गाउँपालिकामा निर्माणाधीन तीनवटा बहुवर्षीय योजनाको शिलान्यास राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा झापा क्षेत्र नं. ३ का संघीय सांसद माननीय राजेन्द्र लिङ्देनले एक विशेष कार्यक्रममा बौद्ध धार्मिक विधिबाट पूजापाठ गर्दै गर्नुभएको छ।
गाउँपालिकाको आफ्नै स्रोत साधनबाट वडा नं. ५ मा सञ्चालन हुने ती योजनाहरूको शिलान्यास कार्यक्रममा बोल्दै सांसद लिङ्देनले संघीय तथा प्रदेश सरकारमार्फत पनि विभिन्न शीर्षकमा बजेट विनियोजन भइसकेको जानकारी दिनुभयो। उहाँले विकास निर्माणका कार्यहरूलाई हल्दीबारीमा थप गति दिन आफू प्रतिवद्ध रहेको बताउनुभयो।
शिलान्यास गरिएका योजनाहरू अन्तर्गत वडा नं. ५ को सातधुरेमा २२५ मिटर लामो, दुवै साइडमा पम्पसहितको पेभर ब्लक सडक निर्माण, वडा कार्यालयसम्म पुग्ने ३२५ मिटर लामो पेभर ब्लक बाटो निर्माण तथा कञ्चनश्री बजार क्षेत्रमा २,००० स्क्वायर फिट क्षेत्रफलमा पेभर ब्लक ओछ्याउने कार्य समावेश छन्।
यी तीनवटै योजनाको निर्माण कार्य टेन्डर प्रक्रियामार्फत १ करोड ८।लाख ३५ हजार ३८६ रुपैयाँको लागतमा सम्झौता गरिएको हो। सातधुरे क्षेत्रमा पेभर ब्लक ओछ्याउन ३७ लाख ८४ हजार ५७० रुपैयाँ, वडा कार्यालय मार्गका लागि ५८ लाख ४ हजार ९२० रुपैयाँ र कञ्चनश्री बजार क्षेत्रमा १० लाख ८४ हजार ७ रुपैयाँ खर्च हुने जानकारी प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्रले दिनुभयो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देल, वडा नं. ५ का वडाध्यक्ष खड्ग लावतीसहितका  वक्ताहरूले हल्दीबारी गाउँपालिकामा भइरहेको विकास निर्माण कार्यको चर्चा गर्दै जनताको आवश्यकताको पहिचान गरी योजनाबद्ध रूपमा काम भइरहेको बताएका थिए।
बौद्ध धर्मावलम्बीहरूको बाक्लो बसोबास रहेको सो क्षेत्रको धार्मिक र पर्यटकीय महत्वलाई मध्यनजर गर्दै सौन्दर्यकरण तथा संरचनागत विकासका लागि पेभर ब्लक ओछ्याउने कार्य अघि बढाइएको जनाइएको छ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article