समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

कमलमा मोटरसाइकल दुर्घटना: सशस्त्र प्रहरीका सप्रनानीको ज्या*न गयो

झापा, जेठ २५ । झापा जिल्लाको कमल गाउँपालिका–३, सानो केर्खास्थित पूर्व–पश्चिम लोकमार्गमा भएको सवारी दुर्घटनामा सशस्त्र प्रहरी बल नेपालका सप्रनानी (सह–प्रहरी नायब निरीक्षक) को निधन भएको छ।

Advertisement

जेठ २४ गते साँझ करिब ७:५५ बजे, बिर्तामोडबाट केर्खातर्फ जाँदै गरेको प्र.१–०२–००५२प.७०२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आफै दुर्घटनामा परेको थियो।

Advertisement

उक्त मोटरसाइकलका चालक पुरन लाल राजवंशी, उमेर ४८ वर्ष, गम्भीर घाइते भएका थिए। उनको स्थायी ठेगाना मोरङ, कानेपोखरी गाउँपालिका–४ रहेको छ भने हाल  सशस्त्र प्रहरी बल नेपाल, समालबुङ बीओपी पोष्ट, इलाममा सप्रनानीको रूपमा कार्यरत थिए।

घटनापछि तुरुन्तै उनलाई B&C अस्पताल, बिर्तामोड लगिएको थियो। तर, उपचारको क्रममा राति ९:१० बजे चिकित्सकले उहाँलाई मृत घोषणा गरे।हाल मृत शरीर सोही अस्पतालमा राखिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article