समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापा कमलमा मोटरसाइकल दुर्घटना, सशस्त्र प्रहरी सप्रनानि राजवंशीको मृत्यु

झापा जिल्लाको कमल गाउँपालिका–३, सानो केर्खास्थित पूर्व–पश्चिम लोकमार्गमा हिजोजेठ २४ गते, साँझ अन्दाजी १९:५५ बजे एक मोटरसाइकल दुर्घटना भएको छ।

Advertisement

बिर्तामोडबाट केर्खातर्फ आउँदै गरेको प्र.१–०२–००५२प. ७०२९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकमा दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका थिए। चालक मोरङ कानेपोखरी गाउँपालिका–४ निवासी तथा हाल सशस्त्र प्रहरी बल नेपाल, इलामको समालबुङ बीओपी (BOP) पोष्टमा कार्यरत ४८ वर्षीय सप्रनानि पुरन लाल राजवंशी रहेको प्रहरीले जनाएको छ।

Advertisement

गम्भीर घाइते अवस्थामै उनलाई तुरुन्तै उपचारका लागि बिर्तामोडस्थित BNC अस्पतालमा पठाइएको थियो। तर, अस्पताल पुर्‍याएको केही समयपछि, राति २१:१० बजे उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

हाल मृतकको शव सोही अस्पतालमा राखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article