हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

न्युटन्स एजुकेसन एकाडेमीको आयोजना तीन दिने अभिभावक–शिक्षक प्रशिक्षण सम्पन्न, विद्यार्थी हितमा केन्द्रित प्रयास

झापा, बिर्तामोड | हल्दिबारी डट कम —  बिर्तामोड–५ स्थित न्युटन्स एजुकेसन एकाडेमीले आयोजना गरेको तीन दिने अभिभावक तथा शिक्षक प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ। बिहीबार सुरु भएको प्रशिक्षण कार्यक्रम शनिबार शिक्षक प्रशिक्षणसहित समापन गरिएको हो।

Advertisement

कार्यक्रमको पहिलो दिन कक्षा नर्सरीदेखि ५ कक्षासम्म अध्ययनरत विद्यार्थीका अभिभावक, दोस्रो दिन कक्षा ६ देखि १० कक्षाका अभिभावक र अन्तिम दिन शिक्षकहरूलाई लक्षित गरी प्रशिक्षण दिइएको थियो।

Advertisement

प्रशिक्षण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ख्यातिप्राप्त प्रशिक्षक, मनोपरामर्शदाता तथा उत्प्रेरक वक्ता ईश्वर श्रेष्ठले दिनुभएको हो।
उनले अभिभावक र शिक्षकबीच समन्वय बढाउँदै विद्यार्थीको समग्र विकासमा कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे प्रभावकारी सन्देश दिएका थिए।

विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईका अनुसार,  “विद्यार्थी र अभिभावकमा देखिने गलत आचरण सुधार गर्दै सकारात्मक व्यवहार विकास गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।”

कार्यक्रममा विभिन्न विद्यालयहरूका कुल १८० जना शिक्षकको सहभागिता रहेको थियो। दिपजन सेकेन्डरी स्कुल, निधि स्कुल, बुद्ध स्मृति स्कुल, गोमेन्द्र बिर्तामोडल, लिंकन मन्टेश्वरी, र ओम विद्या मन्दिरबाट १०–१० जना शिक्षक सहभागी थिए।

समापन कार्यक्रम विद्यालय व्यवस्थापन समिति सदस्य तथा शिक्षक प्रतिनिधि सुवास तिम्सीनाको अध्यक्षता र बिर्तामोड नगर शिक्षा शाखा प्रमुख लासाङ तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा बालबालिका शिक्षा तथा सञ्चार मञ्च अध्यक्ष सरोज पौडेल, प्वासन झापा सचिव लक्ष्मी उप्रेती, निधि क्याम्पस प्रिन्सिपल रंजित शाह, एभरेष्ट स्मार्ट स्कुलका अनुप शर्मा, हिसान झापा कार्यबाहक अध्यक्ष उत्तम खनाल, लगायतको उपस्थिति थियो।

शिक्षक पवित्रा पौडेलले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्यसहित औचित्यबारे प्रिन्सिपल  देवेन्द्र हुमागाईले प्रकाश पार्नुभएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)