समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

१६ वर्षीय शिशिर राई तमोर नदीमा पौडी खेल्दा बेपत्ता

पाँचथर। फालेलुङ गाउँपालिका–७ भालुखोपका १६ वर्षीय शिशिर राई तमोर नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन्।

Advertisement

शनिबार फिदिम बजारबाट आफ्ना साथीहरूसँग पौडी खेल्न गएका शिशिरलाई नदीको भेलले बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

Advertisement

प्रहरीका अनुसार घटना शनिबार दिउँसो भएको हो। घटनापछि प्रहरी र स्थानीयबासीहरूले संयुक्त रूपमा दिनभर खोजी कार्य गरे पनि शनिबार साँझसम्म शिशिरको अवस्था पत्ता लाग्न सकेको थिएन।

जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार बिहानदेखि पुनः उद्धार कार्य सुरु गरिएको छ। स्थानीयवासीसहितको टोली घटनास्थल र वरपरको क्षेत्रमा परिचालित गरिएको छ। यद्यपि, आइतबार बिहानसम्म पनि शिशिरको अवस्था अज्ञात रहेको जानकारी प्रहरीले दिएको छ।

प्रहरीले घटनास्थल आसपासको क्षेत्रमा खोजी कार्यलाई प्राथमिकता दिँदै तीव्र पारिएको बताएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article