समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

सिसी क्यामेरा बन्द गरी डिजेल चोरी, निगम प्रमुखसहित ५ जनाविरुद्ध मुद्दा

पोखरा, जेठ २५ । नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय पोखरा अन्तर्गतको गगनगौडास्थित डिपोबाट नियोजित ढंगले पेट्रोलियम पदार्थ चोरी गरेको अभियोगमा कार्यालय प्रमुखसहित पाँच जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रादेशिक कार्यालयका प्रमुख चितरंजन दास, पश्चिमाञ्चल ट्रेडर्स तथा कम्पनीका सञ्चालक बाबुराम जम्मकट्टेल, गण्डकी धौलागिरि पेट्रोलियम एसोसिएसनका तत्कालीन प्रतिनिधि जगन्नाथ ढुङ्गाना, लक्ष्मण राणाभाट तथा ट्याङ्कर चालक निर्मल थापाविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा दायर गरेको हो।

Advertisement

अनुसन्धानबाट उनीहरूले आपसी मिलेमतोमा सिसी क्यामरा बन्द गरी नियतवश अतिरिक्त डिजेल लोड गर्ने गरेका थिए भन्ने तथ्य खुल्न आएको छ। २०८० साल साउन २५ गते पश्चिमाञ्चल ट्रेडर्स कम्पनीले निगमको खातामा १२ हजार लिटर डिजेलको अर्डर गरी भुक्तानी गरेको थियो। तर सोही दिन ३ हजार ३८ लिटर बढी डिजेल लोड गरी पठाइएको पाइएको छ।

बढी लोड गरिएको डिजेल ग २ ख ८३६ नम्बरको ट्याङ्करमा राखी डिपोबाट बाहिरिएको थियो। पोखरा महानगरपालिका–२७ मा जाँच गर्दा सो ट्याङ्करमा १५ हजार ३८ लिटर डिजेल भेटिएको थियो।

अख्तियारले उनीहरू विरुद्ध जनही ४ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो। यस घटनाले सरकारी इन्धन वितरण प्रणालीमा देखिएको अनियमितताप्रति गम्भीर प्रश्न उठाएको छ। यो खबर रातोपाटीबाट साभार गरिएकाे छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article