समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको चैतुवाडीमा अज्ञात पुरुष मृत अवस्थामा फेला

झापा, २०८२ जेठ २५ । झापा जिल्लाको बिर्तामोड नगरपालिका–२ चैतुवाडीस्थित श्रीराम प्लाई फ्याक्ट्री नजिकैको कच्ची सडकको किनारामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

Advertisement

आज अन्दाजी साँझ ६:३० बजे उक्त स्थानमा अन्दाजी ३५ देखि ४० वर्ष उमेरको, तराईवासी मूलको जस्तो देखिने अज्ञात पुरुषको शव फेला परेको सूचना इलाका प्रहरी कार्यालय घैलाडुब्बामा प्राप्त भएलगत्तै, इलाका प्रहरी कार्यालय अनारमनी तथा घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।

Advertisement

मृतकको नाम, थर, वतन हालसम्म नखुलेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। शवलाई आवश्यक पोष्टमार्टम तथा पहिचानको प्रक्रियाका लागि व्यवस्थापन गरिने जनाएको छ।

यस सम्बन्धमा जानकारी हुने जो–कोही व्यक्तिलाई नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत आग्रह गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article