समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

बिर्तामोडमा दिनदहाडै चोरी: ८ लाखभन्दा बढीको धनमाल लुटियो

बिर्तामोड, झापा । झापाको बिर्तामोडमा फेरि एक पटक दिनदहाडै चोरी भएको छ। आइतबार दिउँसो करिब ३:३० बजेको समयमा बिर्तामोड नगरपालिका–५, एकता टोलस्थित बालकृष्ण सुवेदीको घरमा चोरी भएको हो।

Advertisement

सुवेदीको दुईतले पक्की घरमा कोही नभएको मौका छोप्दै अज्ञात व्यक्तिले घरको पर्खालमा जडित फलामको ग्रिल फुटाई माथिल्लो तलाको ढोका तथा दराजको चाबी फोरेर चोरी गरेको प्रहरीले जनाएको छ। चोरी भएको धनमालको अनुमानित मूल्य ८ लाख ४० हजार ५०५ रुपैयाँ रहेको छ।

Advertisement

प्रहरीका अनुसार दराजभित्र राखिएको ४ तोला ४ आना सुन (सिक्री १ थान, लकेट १ थान, तिलहरी १ थान, औँठी १ थान, कानको टप १ थान) र करिब १४ तोला चाँदी चोरी भएको हो।

बिर्तामोड प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी कार्य तीव्र पारिएको जनाएको छ। पछिल्ला दिनहरूमा बिर्तामोड क्षेत्रमा चोरीका घटना लगातार भइरहेको जनाउँदै प्रहरीले केही दिनअघि मात्रै तीन जना चोरलाई पक्राउ गरेको थियो तथापि चोरीको श्रृंखला रोकिएको छैन।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article