हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको बुद्धशान्तिमा चट्याङ लागेर एक वृद्ध घाइते

झापा जिल्ला अन्तर्गत बुद्धशान्ति गाउँपालिका वडा नं.–४ सट्टाभर्ना बस्ने करिब ६० वर्षका पुण्य पौडेल आफ्नै गाई गोठमा काम गर्ने क्रममा हिजो साँझ हावा हुरीसहित आएको चट्याङ लागेर घाइते भएका छन्।

Advertisement

चट्याङ लागेपछि उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको छ। प्रारम्भिक उपचार अनुसार उनको दुबै आँखामा असर परेको छ भने दाहिने हातमा चोट लागेको छ। हाल उनको बोल्ने अवस्था सामान्य रहेको जनाइएको छ।

Advertisement

प्रहरी चौकी बुधबारेले घटनाको जानकारी लिएर आवश्यक प्रक्रिया अगाडि बढाइरहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)