हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

गर्मीको वर्षासँगै आएको चट्याङ: झापामा एक गाईको मृत्यु, एक महिला घाइते

झापा, २०८२ जेठ २९ । झापा जिल्लाको शिवसताक्षी नगरपालिका–७ टेक्रामा रहेको डम्बर कुमारी भुजेलको गाईगोठमा हिजो साँझ चट्याङ पर्दा एक गाईको घटनास्थलमै मृत्यु भएको छ भने घरभित्र बसिरहेकी भुजेललाई पनि चट्याङले छोएको छ।

Advertisement

साँझ करिब ०६:३० बजे पानीसँगै परेको चट्याङले गाई बाँधिएको स्थानमा सोझै प्रहार गर्दा गाई तत्कालै मरेको बताइएको छ। चट्याङको प्रभावले घरभित्र बसिरहेकी ४४ वर्षीया डम्बर कुमारी भुजेलको मुखमा सामान्य रूपमा जलन भएको र उनी सामान्य अवस्थामा बोल्न सक्ने अवस्थामा रहेको जानकारी प्राप्त भएको छ।

Advertisement

घटनापछि उनलाई स्थानीय मेडिकलमा उपचार गरिएको छ। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)