हल्दबारी , झापा – झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो क्षेत्रमा विभिन्न विकास योजना अघि बढाउन उल्लेखनीय पहल गरेका छन्।

उनको पहलमा नेपाल सरकारबाट झापा–३ का लागि १८ करोड १० लाख रुपैयाँ बराबरका योजनाहरू स्वीकृत भएका छन्।

लिङ्देनको निजी सचिवालयका अनुसार, योजना अनुरूप आवश्यक कागजात तथा प्रक्रिया पुरा गरी केन्द्र सरकारबाट बजेट विनियोजन गराइएको हो। यी योजनाहरू सडक, तथा सामुदायिक पूर्वाधारको विकासमा केन्द्रित छन्।
लिङ्देनले सरकारमा सहभागी नभए पनि आफ्ना मतदातालाई दिएको वाचा अनुसार निरन्तर पहल गर्दै आएका छन्। केही व्यक्तिहरूले “क्षेत्रमा केही नगरेको” भन्ने आरोप लगाइरहेका बेला बजेट स्वीकृतिका यी विवरणहरू सार्वजनिक हुनुले आलोचकहरूलाई स्पष्ट सन्देश दिएको छ।
