समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

भद्रपुरमा मनोसामाजिक समस्या पहिचान तथा परामर्श सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

भद्रपुर, झापा – भद्रपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा एक दिने “मनोसामाजिक समस्या पहिचान तथा परामर्श सम्बन्धी अभिमुखीकरण कार्यक्रम” सम्पन्न गरिएको छ।

Advertisement

कार्यक्रम भद्रपुर नगर प्रमुख गणेश पोखरेलको अध्यक्षता र मनोपरामर्शदाता गोविन्दराज कट्टेलको सहजीकरणमा सम्पन्न भएको हो। कार्यक्रममा भद्रपुर नगरपालिकाभित्रका ३१ विद्यालयमा गठन गरिएका “हामी साथी साथी” समूहका सदस्य तथा फोकल शिक्षकहरूलाई अभिमुखीकरण गराइएको थियो।

Advertisement

शाखाका सदस्य सचिव योगेन्द्र पौडेलले “हामी साथी साथी” समूहलाई झापा जिल्लाकै नमूना कार्यक्रमका रूपमा अगाडि बढाइएको जानकारी दिए। उनका अनुसार, कार्यक्रम कुनै नक्कल वा लहडको भरमा नभई समाजमा बढ्दै गएको मनोसामाजिक समस्याको यथार्थ आवश्यकता पहिचान गरी मौलिक रूपमा सञ्चालन गरिएको हो।

कार्यक्रम उद्घाटन गर्दै भद्रपुर नगर उपप्रमुख राधा कार्कीले समाजमा विविध कारणले मनोसामाजिक समस्या बढ्दै गएकाले त्यसलाई बालबालिकाको तहमै पहिचान गरी समाधान गर्न परामर्श कार्यक्रम अनिवार्य भएको बताइन्।

नगर प्रमुख पोखरेलले पछिल्लो समय समाजमा विकृति, विसङ्गति तथा कुलतहरूको अवस्था गहिरिँदै गएकाले विद्यार्थी स्तरमै समस्या पहिचान गरी मनोसामाजिक परामर्श दिन “हामी साथी साथी” समूह गठन गरिएको जानकारी दिए। साथै, लागू औषध दुरुपयोगले कलिला बालबालिकासमेत प्रभावित हुन थालेकाले उनीहरूलाई सुरक्षित बनाउन यस्तो कार्यक्रम आवश्यक रहेको स्पष्ट पारे।

कार्यक्रममा सहभागी शिक्षक तथा विद्यार्थीहरूले पनि यस्तो अभिमुखीकरण कार्यक्रम प्रभावकारी र उपयोगी भएको प्रतिक्रिया दिएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article