हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापामा भन्सार छलीको चिनी बरामद, एक जना पक्राउ

झापा, २०८२ जेठ ३० गते । झापाको बिर्तामोड –५ स्थित सुब्बा चौकमा भन्सार छली गरी लुकाइराखिएको चिनी बरामद गरिएको छ। हिजो  अपराह्न ३:४० बजे गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले सो स्थानमा पुगेर चिनी बरामद गरेको हो।

Advertisement

ना.१ च ६२८४ नम्बरको पिकअप सवारी साधनमार्फत ल्याइएको चिनीमध्ये ५०–५० किलोको २५ बोरा (कुल १,२५,००० रुपैयाँ बराबरको) चिनी फेला परेको प्रहरीले जनाएको छ। साथै, उक्त चिनी बोकेको पिकअपको अनुमानित मूल्य १२,००,००० रुपैयाँ रहेको छ।

Advertisement

चिनीसहितको पिकअप नियन्त्रणमा लिएर सो सम्बन्धमा अनुसन्धान गर्दा सामानका धनी कन्काई नगरपालिका–८ निवासी ३२ वर्षीय नारायण सिटौला भएको पुष्टि भएपछि उनलाई पक्राउ गरिएको छ।

हाल पक्राउ परेका सिटौला तथा बरामद सामग्रीलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ भने उक्त चिनी भन्सार बुझाउने कार्य लगायत अन्य आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी स्रोतले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)