समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दीबारीमा  पञ्चिमा बुट्टा तथा पेन्टिङ तालिम सम्पन्न

हल्दीबारी , ३० जेठ । हल्दीबारी गाउँपालिका वडा नम्बर ४ स्थित पाञ्चीमा बुट्टा तथा पेन्टिङ सम्बन्धी सीप विकास तालिम भव्य रूपमा सम्पन्न भएको छ।
नेपाल सन्थाल आदिवासी महिला उत्थान समिति र आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको आर्थिक सहयोगमा आयोजना गरिएको उक्त तालिममा हल्दीबारी गाउँपालिकाका १५ जना र गौरिगञ्ज गाउँपालिकाका १० जना गरी जम्मा २५ जना सन्थाल महिलाहरू सहभागी थिए।
तालिम दुई स्थान—हल्दीबारी वडा नम्बर ४ र गौरिगञ्ज वडा नम्बर ३—मा १५/१५ दिन सञ्चालन गरिएको थियो।
कार्यक्रमको समापन समारोह नेपाल सन्थाल आदिवासी महिला उत्थान समितिकी अध्यक्ष मन्दिरा किस्कुको अध्यक्षतामा एवं  संविधानसभा सदस्य माननीय मोहन टुडु को प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भएको थियो।
उक्त कार्यक्रमको विशिष्ट अतिथिमा हल्दीबारी वडा नम्बर ४ का वडाध्यक्ष  सन्तकुमार मगर, नेपाल सन्थाल आदिवासी उत्थान संघ झापा अध्यक्ष लखन हेमरम, नेपाल सन्थाल विकास संघका केन्द्रीय अध्यक्ष श्री बडाराम हेमरम, केन्द्रीय सचिव देवान टुडु, इकाई समिति हल्दीबारी अध्यक्ष सोम मुर्मु तथा हल्दीबारी गाउँपालिकाका कर्मचारी शिबु मुर्मुको उपस्थिति रहेको थियो।
तालिममा प्रशिक्षकको रूपमा अनिता महतो तामाङ रहेकी थिइन् भने कार्यक्रम सञ्चालन एवं सहजीकरण शर्मिला सोरेनको रहेको थियो ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article