समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

कचनकवलमा १५ वर्षीया किशोरी झुन्डिएको अवस्थामा मृत फेला 

कचनकवल समाचारदाता । झापाको कचनकवल गाउँपालिका–७ हजाम टोलकी १५ वर्षीया देविका राजबंशीले घरनजिकैको आँपको बोटमा झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।
देविका जानकी माविमा कक्षा ८ मा अध्ययनरत थिइन्। आज बिहान उनलाई बोटमा झुन्डिएको अवस्थामा देखेपछि स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए।
घटनास्थलमा पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धानसहित कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल, भद्रपुर पठाउने तयारी भइरहेको जनाएको छ।
आत्महत्याको कारण खुलेको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article