समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको हल्दीबारीमा चिया मजदुर महिलाको गर्मीका कारण मृत्यु

झापा, हल्दिबारी,३१ जेठ । झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर २ मा अत्यधिक गर्मीका कारण एक महिलाको ज्यान गएको छ। साविक हल्दीबारी–२ स्थित दुखिया टोलमा बसोबास गर्दै आएकी अन्दाजी ४० वर्षीया हिरादेवी साउदको असामयिक मृत्यु भएको हो।
स्थानीय चिया बगानमा मजदुरी गर्दै आएकी हिरादेवी, चिया बगानमा औषधि छर्कन प्रयोग हुने ट्याङ्की लिएर फर्किंदै थिइन्। तर, घामको तेज तापक्रमका कारण खेतमै बेहोस भई ढलेकी उनलाई स्थानीयले मृत अवस्थामा भेटेका थिए। तत्पश्चात प्रहरीले घटनास्थलमा पुगेर शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल, भद्रपुर पठाएको जनाएको छ।
मृतक हिरादेवीका श्रीमान तारासिंह साउद र पाँच जना सन्तान रहेको स्थानीयले बताएका छन्। परिवारका लागि आमाको यो असामयिक बिछोडले ठूलो पीडा थपेको छ। गर्मीका कारण जनस्वास्थ्यमा प्रतिकूल असर देखिन थालेको यो घटनाले सावधानी अपनाउन सबैलाई सचेत गराएको छ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article