समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान्–श्रीमतीको मृत्यु

मोरङ, जेठ ३१, शनिबार | मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका–७ गोठगाउँमा माछा मार्ने क्रममा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ।

Advertisement

शनिबार बिहान करिब ७ बजे स्थानीय ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी ५२ वर्षीया पत्नी फूलमाया लिम्बूको घटनास्थलमै मृत्यु भएको हो।मोरङ प्रहरीले दिएको जानकारीअनुसार दम्पतीले खोलामा माछा मार्न पोलबाट हुक जोडेर विद्युत प्रवाह गर्ने प्रयास गर्दा करेन्ट लागेर दुबैको ज्यान गएको हो।

Advertisement

घटनापछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। मृतकका शवहरूलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article