समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

पाँचथरमा निर्माणाधीन बेलिब्रिज ढल्यो, ६ जना मजदुर घाइते

पाँचथर, २०८२ जेठ ३१ ।  पाँचथर जिल्लाको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज अचानक ढल्दा ६ जना मजदुर घाइते भएका छन्। शनिबार दिउँसो निर्माणको क्रममा पुल भत्किँदा उनीहरू दुर्घटनामा परेका हुन्।

Advertisement

घटनास्थलमा तत्कालै उद्धार कार्य सुरु गरिएको थियो। स्थानीय प्रशासन, प्रहरी र स्थानियवासीहरूको सहयोगमा घाइते मजदुरहरूलाई उपचारका लागि तत्काल अस्पताल पठाइएको छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। दुर्घटनाको कारणबारे प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

उद्धार गरिएका घाइते मजदुरहरूको विवरण यसप्रकार छ:

  1. रूपलाल चौधरी (२२), सिमरा, बारा – बाहिरी चोट नदेखिए पनि बोल्न नसक्ने अवस्थामा छन्। उनको अवस्था गम्भीर छ।
  2. राजन चौधरी (२७) – पिठ्युमा चोट लागेको छ। उनी बोल्न नसक्ने अवस्थामा छन्। अवस्था गम्भीर छ।
  3. राकेश चौधरी (२२) – बाहिरी चोट नदेखिए पनि उनी बोल्न सक्दैनन्। अवस्था गम्भीर रहेकोले उनलाई झापातर्फ थप उपचारका लागि रेफर गरिएको छ।
  4. भुलेश्वर चौधरी (२५) – दायाँ खुट्टा भाँचिएको छ। अवस्था गम्भीर छ।
  5. प्रकाश चौधरी (३५) – टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ। अवस्था मध्यम रहेको बताइएको छ।
  6. अभिषेक चौधरी (३०) – टाउकोमा चोट लागेको छ। अवस्था मध्यम रहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article