समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

भद्रपुरमा १० वर्षीया बालिका आफन्तबाटै बलात्कृत

भद्रपुरमा १० वर्षीया बालिका आफन्तबाटै बलात्कृत भएकी छिन् । भद्रपुर-५ बसपार्क नजिकै डेरा गरी आफन्तको बस्दै आएकी ती बालिकालाई नातामा सानो बुबा पर्नेले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

Advertisement

अन्दाजी ३५ वर्षीय ती आरोपीलाई शुक्रबार प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापा लगिसकेको छ । बालिकालाई उपचारका अस्पतालमा पठाइएको छ ।

Advertisement

आमाबुबा विहीन ती बालिका लामो समयदेखि आफन्तको बस्दै आएको र आफूलाई पटक-पटक जबरजस्ती करणी गरेको भनी पीडित बालिकाको बयानको आधारमा आरोपी पक्राउ परेको प्रहरीले जनाएको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान अघि बढाइसकेको जनाइएको छ । यो खबर टाइम अफ प्रदेशबाट साभार गरिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article