समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापा हल्दिबारीमा दाउ प्रहार: समिर गम्भीर घाइते, दावा प्रहरी नियन्त्रणमा

झापा, हल्दिबारी । झापा जिल्ला हल्दिबारी गाउँपालिका वडा नं ३ कुनाबारीमा मिति २०८२ साल जेठ ३१ गते राति करिब १०:०० बजे दाउ प्रहार भएको घटनामा एक युवक गम्भीर घाइते भएका छन्।

Advertisement

स्थानिय राजमान गुरुङका २८ वर्षीय छोरा समिर गुरुङलाई सोही स्थानका पूर्णबहादुर गुरुङका छोरा २६ वर्षीय दावा गुरुङले अकस्मात् दाउले प्रहार गरेका हुन्। घटनाको कारण यकिन भइसकेको छैन, तर प्रारम्भिक अनुसन्धान अनुसार व्यक्तिगत विवादका कारण विवाद भएको अनुमान गरिएको छ।

Advertisement

दाउको प्रहारबाट घाइते भएका समिर गुरुङलाई उपचारको लागि तत्काल प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ। हाल उनी अस्पतालमा उपचाररत छन् ।

दाउ प्रहार गर्ने दावा गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत अभद्र व्यवहार कसुरमा म्याद थप गरी पाँच दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको झापा प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article