समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको दमकबाट प्रतिबन्धित औषधी सहित एक जना पक्राउ

झापा, २०८२ असार १ । झापा जिल्लाको दमक नगरपालिका वडा नं. ७ स्थित सयपत्री टोलबाट प्रतिबन्धित औषधी सहित एक जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Advertisement

आज दिउँसो करीब ३:४० बजे विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा १९ वर्षीय पुष्कर मगरलाई प्रतिबन्धित औषधीसहित पक्राउ गरेको हो। उनी दमक नगरपालिका–७, हाटखोला बसोबास गर्ने चन्द्र बहादुर मगरका छोरा हुन्।

Advertisement

प्रहरीका अनुसार मगरले बोकेको कागजी झोलाबाट बिक्री वितरणको उद्देश्यले ल्याइएको भोमिन ३१ पत्ता (३१० पिस) र ट्रामाडोल ३१ पत्ता (३१० पिस) फेला परेको छ। दुवै औषधी नेपालमा बिना अनुमति बिक्री–वितरण गर्न निषेध गरिएको छ।

प्रहरी निरीक्षक रुद्र बहादुर चौहानको नेतृत्वमा खटिएको टोलीले प्रतिबन्धित औषधी बरामद गरी पुष्कर मगरलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय दमकमा राखिएको जनाएको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article