हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापामा बुबाको काजकिरिया गर्दै ३ छोरी

बिर्तामोड, झापा। झापाको बिर्तामोड नगरपालिका–५ मित्रनगर टोलका ७१ वर्षीय कृष्णबहादुर घिमिरेको निधनपछि उनका तीन छोरीहरू आफैँले काजकिरियाका कार्यहरू सम्पादन गरिरहेका छन्।

Advertisement

जेठ २२ गते निधन भएका घिमिरेको अन्त्येष्टि तथा पश्चातका सबै संस्कार उनकी जेठी छोरी शर्मिला, माइली प्रमिला र कान्छी सुशीला घिमिरेले गरिरहेका हुन्। बुबाको दाहसंस्कारमा पनि उनीहरूले नै दागबत्ती दिएका थिए।

Advertisement

समाजमा महिलाले यस्ता धार्मिक कर्मकाण्डमा अग्रसर भूमिका खेल्ने उदाहरण विरलै देखिँदा, घिमिरे दिदीबहिनीहरूले देखाएको साहस र संकल्पले सन्देशमूलक भूमिका खेलेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)