हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको बिर्तामोडबाट लागू औषधसहित निजाम मिया प्रहरी नियन्त्रणमा

झापा, २०८२ असार १ – झापाको बिर्तामोड नगरपालिका–४ नयाँबारी टोलस्थित एक घरमा लागुऔषध कारोबार हुँदै आएको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले छापा मारेर एक युवकलाई नियन्त्रणमा लिएको छ।

Advertisement

प्रहरी चौकी बिर्ताबजारबाट प्रहरी निरीक्षक पदम बिष्टको कमाण्डमा खटिएको टोलीले सुगन्धा मण्डलको घरमा खानतलासी गर्दा उनको छोरा बताउने २२ वर्षीय निजाम मियाको साथबाट खैरो हिरोइन जस्तो देखिने लिसिलो पदार्थ फेला पारेको हो।

Advertisement

प्रहरीका अनुसार निजाम मियाको पोकेटबाट प्लास्टिकसहित ३ ग्राम १८० मिलीग्राम र प्लास्टिक बाहेक १ ग्राम ४४० मिलीग्राम लागुऔषध बरामद गरिएको छ।

उक्त लागुऔषधसहित निजाम मियालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनीमा ल्याइएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)