समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय झापा द्वारा जेष्ठ महिनामा ५१ जना फरार प्रतिवादी पक्राउ

झापा, असार १ । जिल्ला प्रहरी कार्यालय झापाले  जेष्ठ महिनामा विभिन्न गम्भीर अपराधमा संलग्न भई फरार रहेका ५१ जना प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ परेका मध्ये ४३ जना पुरुष, ७ जना महिला र १ जना तेस्रोलिंगी रहेका छन्।

Advertisement

फरार प्रतिवादीहरूलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अनुसार सम्मानित झापा जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतको आदेशअनुसार कैद बाँकी रहेका प्रतिवादीहरूलाई झापा कारागारमा पठाइएको छ भने जरिवाना मात्र बाँकी रहेका प्रतिवादीहरूमाथि जरिवाना असुल गरी छुट दिइएको प्रहरीले जनाएको छ।

Advertisement

पक्राउ परेका उल्लेखनीय फरारहरूमा:

प्रदीप राई, मेचिनगर–७ निवासी, जबरजस्ती करणी तथा चोरी मुद्दामा उच्च अदालत विराटनगर इलाम इजलासबाट १० वर्ष कैद सजाय सुनाइएका थिए।

अमिर लगुन विश्वकर्मा, बिर्तामोड–८ निवासी, राजश्व चुहावट मुद्दामा उच्च अदालत पाटनबाट १ वर्ष २ महिना १५ दिन कैद र रु २ करोड ८४ लाख ५८ हजार ६०५ जरिवाना फैसला भई फरार रहेका थिए।

प्रहरीको निरन्तर प्रयासबाट समातिएका यी फरार प्रतिवादीहरूमार्फत कुल ३१ वर्ष ५ महिना २६ दिनको कैद र रु. २ करोड ९९ लाख ७८ हजार ५६० बराबरको जरिवाना असुल गरिएको हो।

प्रहरी कार्यालयले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन अझै कडाइका साथ निगरानी र कारबाही जारी राख्ने जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article