समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको मेचीनगरमा जंगली पोथी हात्ती मृत अवस्थामा फेला

झापा, मेचीनगर ।  झापा जिल्ला अन्तर्गत मेचीनगर नगरपालिका–१ स्थित गणेश टोलको मकैबारीमा आज असार २ गते बिहान ८:५५ बजे एक जंगली पोथी हात्ती मृत अवस्थामा फेला परेको छ।

Advertisement

घटनास्थल नजिकैको तिरिङखोला प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले हात्तीको शव फेला पारेपछि उक्त क्षेत्रलाई सुरक्षित राखिएको छ। साथै, डिभिजन वन कार्यालय भद्रपुर, झापालाई पनि घटनाको जानकारी गराइएको प्रहरीले जनाएको छ।

Advertisement

हालसम्म हात्तीको मृत्युको कारण खुल्न सकेको छैन। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको र वन कार्यालयको टोली घटनास्थलतर्फ गइरहेको बताइएको छ।

स्थानीय बासिन्दाहरूले हात्ती केही दिनदेखि आसपासको जंगल र बस्तीमा देखिएको बताएका छन्। प्रारम्भिक अनुमान अनुसार विष सेवन, करेन्ट लाग्ने वा अन्य प्राकृतिक कारणले मृत्यु भएको हुन सक्ने भए पनि आधिकारिक पुष्टि भने बाँकी नै छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article