समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको मेचीनगरमा जंगली हात्तीको आक्रमणबाट एक वृद्ध गम्भीर घाइते

झापा । झापाको मेचीनगर नगरपालिका–१ दुर्जन चोकमा एक जंगली हात्तीको आक्रमणमा परेर एक वृद्ध गम्भीर घाइते भएका छन्।

Advertisement

आज बिहान ४:३५ बजे ६८ वर्षीय पूर्णबहादुर श्रेष्ठ आफ्नै घरदेखि करिब ८ सय मिटर टाढा रहेको बारीमा जंगली हात्ती देखिएपछि लखेट्न खोज्दा हात्तीले आक्रमण गरी घाइते बनाएको प्रहरीले जानकारी दिएको छ।

Advertisement

उनलाइ तत्कालै उपचारका लागि B&C अस्पताल, बिर्तामोड लगिएको र हाल उपचाररत रहेको जनाइएको छ। अस्पताल स्रोतका अनुसार बाहिरी चोट नदेखिए पनि उनी बोल्न नसक्ने अवस्थामा छन्।

घटनापछि हात्ती जंगलतर्फ फर्किएको बताइएको छ। स्थानीयवासी तथा प्रहरीको सक्रियतामा आसपास क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ।

वन कार्यालय र स्थानीय प्रशासनले मानिसलाई जंगली जनावर नलखेट्न र यस्तो अवस्थामा तत्काल सम्बन्धित निकायलाई खबर गर्न आग्रह गरेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article