हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका चिकित्सक बालाजुमा फेला

काठमाडौँ, असार २। फेसबुकमा ‘अलबिदा’ लेख्दै सम्पर्कविहीन भएका चिकित्सक डा. केशव श्रेष्ठ काठमाडौँको बालाजु क्षेत्रमा सकुशल फेला परेका छन्।

Advertisement

जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख एसएसपी विश्वराज अधिकारीका अनुसार डा. श्रेष्ठलाई बालाजु क्षेत्रबाट उद्धार गरिएको हो। प्रहरीका अनुसार उनी शारीरिक रूपमा सकुशल रहेका छन् र हाल भद्रकालीस्थित प्रहरी परिसरमा ल्याउने तयारी भइरहेको छ।

Advertisement

डा. श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा ‘अलबिदा’ भन्ने सन्देश लेखेपछि परिवार तथा आफन्तहरू चिन्तित बनेका थिए। त्यसपछि प्रहरीलाई जानकारी दिइएको र खोजी कार्य सुरु गरिएको थियो। प्रहरीका अनुसार घटनाको विस्तृत विवरण भने अनुसन्धानपछि मात्र सार्वजनिक गरिनेछ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)