हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापामा अबैध माछा नियन्त्रण, ३०० केजी माछा नष्ट

मेचीनगर, झापा । झापाको मेचीनगर नगरपालिका–५ नक्कलबन्दा क्षेत्रमा अबैध माछा नियन्त्रणमा लिइएको छ।

Advertisement

भारतबाट नेपालतर्फ लुकाईछिपाई ल्याइँदै गरेको करिब ३०० केजी अमुरु जातको माछा, जसको बजार मूल्य करिब १ लाख २० हजार रुपैयाँ अनुमान गरिएको छ, प्रहरी चौकी नक्कलबन्दाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

Advertisement

पक्राउ परेपछि माछालाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याइएको थियो। पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टाबाट खटिएको प्रतिनिधिको रोहबरमा सो माछा बिहान ९:५० बजे खाल्डो खनी पुरेर नष्ट गरिएको जानकारी प्राप्त भएको छ।

प्रहरी र क्वारेन्टाइन कार्यालयले सीमावर्ती क्षेत्रमा हुने यस्ता अबैध कार्यविरुद्ध निगरानी अझ कडा बनाइएको जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)