हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

नाबालिकालाई जबरजस्ती करणी गर्ने मेचीनगरका प्रेम लिम्बू पक्राउ

झापा, असार ३ गते।  नाबालिकामाथि जबरजस्ती करणी गरी फरार रहेका मेचीनगर नगरपालिका–४ का ३० वर्षीय प्रेम लिम्बू पक्राउ परेका छन्।

Advertisement

उनलाई मंगलबार बिहान करिब ९ बजे मेचीनगर–१० स्थित बजार क्षेत्रमा हिँडिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय धुलाबारी र अस्थायी प्रहरी चौकी मङ्गलबारेको संयुक्त टोलीले पक्राउ गरेको हो।

Advertisement

घटना जेठ २१ गते राति ९:३० बजे बुद्धशान्ति गाउँपालिका–४ मङ्गलबारेमा भएको थियो। लिम्बूले ती नाबालिकालाई ललाइफकाई जबरजस्ती करणी गरेर घटनापछि फरार भएका थिए। उनलाई पक्राउ गरी अहिले इलाका प्रहरी कार्यालय (इप्रका) धुलाबारीमा राखिएको छ। प्रहरीका अनुसार, घटनासँग सम्बन्धित थप अनुसन्धान भइरहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)