समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

काँकरभिट्टामा लागूऔषधसहित एक युवक पक्राउ, चिनीको झोलाभित्र प्याक गरिएको हिरोइन बरामद

झापा, २०८२ असार २ । झापा जिल्ला मेचीनगर–६, काँकरभिट्टास्थित नेपाल–भारत सीमा क्षेत्रमा लागू औषध नियन्त्रण ब्यूरो, काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले २२ ग्रामभन्दा बढी खैरो हिरोइनसहित एक युवकलाई पक्राउ गरेको छ।

Advertisement

मिति २०८२ साल असार २ गते बिहान ११:०० बजेको समयमा भाडाको सिटिसफारी सवारीमा सवार भई काँकरभिट्टा प्रवेश गर्दै गरेका झापा कन्काई नगरपालिका–४, सुरुङ्गा निवासी ३३ वर्षीय संञ्जित सिवा दर्जीलाई प्रहरीले शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा लागू औषध बरामद भएको हो।

Advertisement

प्रहरीका अनुसार, दर्जीको साथमा रहेको झोलाभित्र चिनीमा प्याक गरिएको प्लाष्टिकको पोका खोल्दा खैरो हिरोइन जस्तो देखिने लिसिलो पदार्थ फेला परेको थियो। नापतौल गर्दा उक्त पदार्थ प्लाष्टिकसहित २२ ग्राम ५७० मिलिग्राम र प्लाष्टिक बाहेक २१ ग्राम ९४० मिलिग्राम रहेको पाइएको छ।

उक्त लागुऔषधसहित संञ्जितलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याई अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article