हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

लागू औषधि सहित एक महिला प्रहरीको नियन्त्रणमा

झापा, असार ९ । झापाको कनकाई नगरपालिका वडा नम्बर ४ स्थित कृषिमार्ग नमुना टोलमा लागुऔषध गाँजासहित एक महिला पक्राउ परेकी छन्।

Advertisement

४० वर्षीया बिमला चौधरीले आफ्नै घरमा प्रतिबन्धित लागुऔषध गाँजा लुकाइ राखेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले चौधरीको घरमा खानतलासी गर्दा पूर्वतर्फको इँटाको थुप्रोमा लुकाइ राखिएको गाँजा जस्तो देखिने पदार्थ फेला परेको हो।

Advertisement

खोजतलासका क्रममा प्लास्टिकसहित २४२ ग्राम तथा प्लास्टिक हटाउँदा २३४ ग्राम अवैध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। चौधरीलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)