समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीविरुद्ध रास्वपाको ज्ञापनपत्र

बुद्धशान्ति, झापा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बुद्धशान्ति गाउँ समितिले भिजिट भिसाको नाममा भइरहेको दुरुपयोग, मानव तस्करी र सत्तासीन शक्तिहरूको संलग्नताप्रति गम्भीर आपत्ति जनाउँदै ज्ञापनपत्रमार्फत औपचारिक चेतावनी दिएको छ।

Advertisement

आज बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं र उपाध्यक्ष भवानी खतिवडालाई बुझाइएको सो ज्ञापनपत्रमार्फत रास्वपाले भन्यो — “समस्याको जरो स्थानीय तहमै छ। समाधान पनि त्यहीँबाट सुरु हुनुपर्छ।”

Advertisement

रास्वपा बुद्धशान्तिका सभापति दीपक भट्टराईका अनुसार, “भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी कुनै संयोग होइन। यो राज्य संयन्त्रको लापरवाही र सत्तासीन संरचनाको संरक्षणमा सञ्चालित आपराधिक मिलेमतो हो। स्थानीय सरकार हाम्रो आवाजको प्रारम्भिक माध्यम हो र यताबाट सुरु भएको दबाबले केन्द्रसम्म प्रभाव पार्नेछ।”

ज्ञापनपत्रमा तीन तहका राज्य संयन्त्रबीचको लापरवाही, गैरजिम्मेवारी र मौन सहमतिलाई लक्ष्य गर्दै भनेको छ —  “यी समस्याहरू समाधान नगरी मानव तस्करी रोकिन्न, न त जनविश्वास पुनःस्थापित हुन्छ।”

रास्वपा उपसभापति कृष्ण ढकालले भने,  “हामी चुप लाग्नेवाला छैनौं। अन्याय जहाँ हुन्छ, प्रतिरोध त्यहीँ जरुरी हुन्छ। दोषी जहाँ छन्, तिनीहरू उजागर गरिन्छन् — गरिनुपर्छ।”

उनले स्थानीय तहमा मौन सहमतिमा क्रियाशील मानव तस्करी एजेन्टहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग दोहोर्याए।

ज्ञापनपत्रमा उल्लेख गरिएको छ —  “दोषीमाथि कारबाही गर, पीडितको संरक्षण गर!” भन्ने सन्देश स्थानीयदेखि केन्द्रसम्म पुर्‍याइएको छ।

ज्ञापनपत्र बुझाउने क्रममा बुद्धशान्तिका सबै वडाका सभापति, रास्वपाका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article