स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कोसी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा ८ जनामा देखियो कोरोना

काठमाडौं । कोसी अस्पतालमा पीसीआर विधिबाट परीक्षण गरिएका ८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ । उदयपुरबाट र्यापिड टेस्टपछि शंका लागेर स्वाब संकलन गरेर कोसी अस्पताल पठाउँदा पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

Advertisement

थप परीक्षणका लागि शुक्रबार नै टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पठाइएको छ । कोसी अस्पतालमा गरिएको परीक्षणमा आठ जनामा कोरोना पोजेटिभ देखिएपछि नमुना काठमाडौं पठाइएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयको प्रवक्रा दिव्यराज कट्टेलले  जानकारी दिए ।

Advertisement

 उनले भने, कोसी अस्पतालमा पीसीआर टेस्ट गर्दा रिपोर्ट पोजिटेभ आएकै हो । त्यसलाई थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ । 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article