बिचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सुरक्षित स्थानका जनतालाई उत्पादनमा केन्द्रित गर्नुपर्छ : नरबहादुर कार्की

काठमाडौँ। सामाजिक अभियन्ता नरबहादुर कार्कीले लकडाउनको समयमा सरकारले सुरक्षित क्षेत्रका जनतालाई उत्पादनमा परिचालन गर्नुपर्ने सुझाव दिएका छन्।

Advertisement

कोरोना भाइरसको सम्भावित जोखिमलाई कम गर्ने हेतुले युनिट एक्सन टिमको रुपमा काम गरिरहेका अभियन्ता कार्कीले बिहीबार यस्तो सुझाव दिएका हुन्।

Advertisement

उनले सामाजिक सञ्जाल फेशबुक मार्फत लेखेका छन्, ‘परिक्षणको तिब्रता र संकटमा पर्न सक्ने परिवारको सुरक्षा, प्रबासमा असुरक्षित जनताको ब्यबस्थापन भएन भने अब उप्रान्तको लकडाउन कृतिम अनिकाल हुन्छ । चाइनामा कोरोना जितेको मोडेल यो होइन। यो त हुनेखानेको लागि प्यासिभ होलिडे मोडेल भयो। अहिले धेरै नवोलौं, अप्रिल अन्तिम हप्ता थाहा हुन्छ कि हामी कस्तो खेल खेल्दैछौं भनेर।’

कार्कीले कोरोना नियन्त्रणको सम्पूर्ण जिम्मा केन्द्र सरकारले लिन नहुने भन्दै प्रदेश र स्थानीय सरकाराई समेत जिम्मेवार बनाउनुपर्ने सुझाव दिएका छन्।

उनले अगाडि लेखेका छन्, ‘गाउलाई गाउको जिम्मा, नगरलाई नगरको जिम्मा दिनुपर्छ। सप्पै जिम्मा आँफैले लिएर भाईरस बन्दी हुँदैन भन्ने भारतको नयाँ सन्क्रमणले देखाउछ। सुरक्षित पकेटका जनतालाई उत्पादन अभियानमा लगाउदा हुन्छ।’

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article