हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापा जिल्लाको सिमावर्ती क्षेत्रमा स्वीप अपरेसन, लागूऔषध दुर्व्यसनी १४ जना नियन्त्रणमा

झापा, असार १३ । झापा जिल्ला अन्तर्गत झापा गाउँपालिका वडा नम्बर १, २ र ४ को सिमावर्ती क्षेत्रमा हिजो अन्दाजी अपराह्न ३:०० बजेदेखि साँझ ६:०० बजेसम्म ईलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रनानी किरण मोक्तानको कमाण्डमा खटिएको प्रहरी टोलीले स्वीप अपरेसन सञ्चालन गरेको छ।

Advertisement

उक्त अपरेसनका क्रममा १४ जना व्यक्तिहरूलाई चेकजाँच गर्ने क्रममा लागूऔषध दुर्व्यसनको संलग्नतामा फेला पारिएको थियो। उनीहरूलाई नियन्त्रणमा लिई ईप्रका कुमरखोदमा ल्याई सुरक्षित रूपमा राखिएको थियो।

Advertisement

आज असार १३ गते ती सबै व्यक्तिहरूलाई सम्बन्धित अभिभावक वा आफन्तलाई सम्झाइ–बुझाई गरी जिम्मा लगाई रिहा गरिएको ईप्रका कुमरखोदले जानकारी दिएको छ।

प्रहरीले स्थानीय क्षेत्रमा नियमित रुपमा यस्ता अपरेसन जारी राख्ने जनाएको छ, साथै लागूऔषध विरुद्ध जनचेतना अभिवृद्धिका कार्यक्रम पनि सञ्चालन गरिने बताइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)